२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


‘इज्तिमा’ स्थलको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलियो


0
Shares

सप्तरी । बोदे बरसाईन नगरपालिकामा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा) स्थलको आसपास दुर्गन्ध फैलिएको छ ।

वडा नम्वर ५ जाँजरस्थित २ सय विघाभन्दा बढी क्षेत्रफलमा आयोजना गरिएको इज्तिमाबाट निस्केको फोहोरलाई पूर्णरुपमा व्यवस्थापन नगरिँदा आसपासको वातावरण नै दुर्गन्धित बनेको हो ।

सम्मेलन सकिएको दुई साता बित्न लाग्दा समेत फोहोर व्यवस्थापन गर्न इज्तिमा आयोजक समिति तथा स्थानीय सरकारले गम्भिरता नदेखाउँदा आसपासमा दुर्गन्ध फैलिएर समस्या हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

उनीहरुले अविलम्व पूर्णरुपमा सरसफाई गर्ने गराउनेतर्फ ध्यान पुर्‍याउन सम्बन्धित सवै पक्षसँग आग्रह समेत गरेका छन् ।

आयोजक समितिले सम्मेलनस्थलमा अत्याधिक फोहोर भएकाले पूर्णरुपमा सरसफाई गर्न समय लागेको जनाएको छ ।

२ सय विघाभन्दाबढी क्षेत्रफलमा आयोजना गरिएको इज्तिमा स्थलमा नेपाल–भारतका करिब ३ लाख मुस्लिम धर्मावलम्वीहरु सहभागी थिए ।