
महोत्तरी, काठमाडौं, फागुन १५ । नेकपा (माले) महासचिव सीपी मैनाली सवारी दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–३, रातुको पुलमा बिहीबार दिउँसो भएको दुर्घटनामा मैनालीको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।
कारमा सवार मैनालीका छोरा सरोज, बुहारी पूजा, नाति र कारचालक रामप्रसाद पौडेल घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
काठमाडौं ल्याएर घाइतेहरुलाई उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
टाउकोमा गम्भीर चोट लागेका र दायाँ खुट्टा तीन ठाउँमा भाँचिएका मैनालीलाई बेहोस अवस्थामै अस्पताल भर्ना गरिएको हो ।
मैनाली चढेको बा४च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना४च ७६६८ नम्बरको भ्यानसँग ठोकिएर दुर्घटना भएको हो ।
मैनाली पारिवारिक कामका सिलसिलामा केही दिनअघि झापा गएका थिए ।
प्रतिक्रिया दिनुहोस्