Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


आईतबारको प्रतिनिधि सभा बैठकमा पनि एमालेको अवरोध कायमै


169
Shares

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध जारी राखेको छ ।

आजको बैठक शुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी शुरु गरेका थिए । एमाले सांसदहरुले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदलाई गरेको कारवाही सभामुख अग्नीप्रसाद सापकोटा कार्यान्यवयन नगरेको भन्दै एमालेले गत २३ भदौदेखि संसख अवरोध गर्दै आइरहेको छ ।

एमालेको अवरोधकाबीच सभामुख सापकोटाले आज पनि बैठक संचालन गरिरहनु भएको छ । आजको बैठकमा अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) टेबुल गरिदैछ । बैठक शुरु हुनासाथ माओवादीका केही सांसद र एमाले नेता भीम रावलले राष्ट्रिय सहमतिबिना एमसीसी टेबुल नगर्न सभामुखसंग आग्रह गरेका छन् ।