काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसी पेश गरिने भएको छ ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यस्था परामर्श समितिको बैठक उक्त सहमति भएको हो । बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल भएको हो । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।
एमसीसी टेबल गर्ने विषयमा नेकपा माओवादी केन्द्रका तीन सांसदले भने लिखित असहमति जनाएका छन् । सांसदहरु देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले असहमति जनाएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १६६ दिनयता जारी राखेको सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।









प्रतिक्रिया दिनुहोस्