Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


नेकपा सचिवालय बैठकमा सरकारले गरेका कामको समीक्षा


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठन बिस्तारका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

बैठकमा सांगठनिक एकीकरण टुंग्याउन कार्यसूची निर्माणका बारेमा पनि छलफल भएको थियो ।

बैठकपछि नेता नारायणकाजी श्रेष्ठले अर्को बैंठक बिहिबार बस्ने र पार्टीको स्थायी समिति बैंठक चाडै डाँक्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा सरकारले गरेका कामको समीक्षा समेत भएको थियो ।