
काठमाडौं । कोरोनाको तेस्रो लहर सुरु भएयता शनिबार हालसम्कै कम संक्रमण दर देखिएको छ ।
पछिल्लो ३ सातायता कोरोना संक्रमण दर घट्दो क्रममा छ । तर, मृत्यु दर भने अझै स्थिर रहेको छ ।शनिबार ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण देखिएको छ ।
यो संख्या कोरोनाको तेस्रो लहर सुरु भएयताकै कम हो । साथै शनिबार एकै दिन एक हजार २ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै, शुक्रबार ९ हजार नमुना परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण देखिएको थियो । बिहिबार ९ हजार ७ सय ८९ जनामा परीक्षण गर्दा ५ सय ७० जनामा संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्