टेनिस खेलाडी सारापोभाले लिइन् सन्यास

news

एजेन्सी । रुसी टेनिस खेलाडी मारिया सारापोभाले सक्रिय खेल जीवनबाट सन्यास लिएकी छिन् ।

पाँच पटककी ग्राण्डस्लाम विजेता सारापोभाले हिजोबाट खेलाडी जिवन त्यागेकी हुन् । ३२ वर्षिया सारापोभा पछिल्लो समय कुमको चोटबाट पिडित थिइन् ।

पूर्व विश्व नम्बर एक सारापोभाले सन् २००४ मा १७ वर्षको उमेरमा विम्बल्डन टेनिस जितेकी थिइन् ।

उनको नाममा सन् २००६ को यूएस ओपन, २००८ को अष्ट्रेलियन ओपन र २०१२ र १४ को फेन्च ओपन टेनिसको उपाधि पनि रहेको छ ।

प्रतिबन्धीत औषधि सेवन गरेबापत सन् २०१६ मा १५ महिनाको प्रतिबन्ध भोगेकी सारापोभाले अर्को वर्ष टेनिसमा पुनरागमन गरेपनि सोच अनुसारको सफलता पाउन सकिनन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...