Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा निर्णय


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । 

 गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनी बर्दिया १ मा कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए । बैठकले संविधान संशोधन गर्न गठन गरेको कार्यदल भने विघटन गर्ने निर्णय गरेको छ ।

यसअघि शनिबार संविधान संशोधन गर्न नेकपाले कार्यदल गठन गरेको थियो । यो निर्णयसँगै नेकपाको आन्तरिक राजनीतिक तरङ्गित भएको थियो ।