७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा


8.554k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट जानुभएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा सत्तारुढ गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवा बालकोट जानुभएको हो । उहाँकाे साथमा श्रीमती आरजु राणा देउवा पनि जानुभएकाे छ ।

देउवाले ओलीसँग एमसीसीको सन्दर्भमा छलफल गर्ने प्रधानमन्त्री निकट स्रोतले ईमेजखबरलाइ जानकारी दियो ।

बिहीबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताका बीचमा तीन घण्टा भएको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन ।