
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन डिल अडियो’ प्रकरणलाई बैठकको मुख्य एजेण्डा बनाइएको छ ।
विहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एमसीसीबारे आफ्नो धारणा राख्ने बताइएको छ ।
नेकपाले गठन गरेको कार्यदलले एमसीसीबारे अध्ययन गरी निष्कर्षसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइसकेको छ ।
उनीहरुले तीन दिनभित्र प्रतिवेदन अध्ययन गरी यसको जवाफ दिने बताएका थिए ।
परिमार्जनविना एमसीसी सम्झौता अनुमोदन गर्न नहुने कार्यदलको निष्कर्षछि सरकार नैतिक संकटमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्