५ असार २०८१, बुधबार | Wed Jun 19 2024


माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु


91
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

प्रतिनिधिसभाको बैठक अघि माओवादीले संसदीय दलको बैठक राखेको हो ।

सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको बैठकले एमसीसी सम्झौता बैठकमा पेश भएको खण्डमा के गर्ने भन्ने निर्णय पनि गर्ने बुझिएको छ ।

संसदीय दलको बैठकबाट हुने निर्णय अनुसार नै माओवादी कार्यब्यवस्था परामर्श समितिको बैठकमा पनि प्रस्तुत हुने बताइएको छ ।

त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग प्रस्तावको सम्बन्धमा पनि माओवादीले रणनीति तय गर्ने छ ।