
सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ लालीघाटमा जीप दुर्घटना हुँदा एक जना वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा जीप चालक रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।
जुम्लाबाट सुर्खेत आउँदै गरेको लु १ ज ४१४१ नम्बरको जीप सडकबाट कर्णाली नदीमा खस्दा चालकसहित जीप वेपत्ता भएको हो ।
जीपमा अन्य सवार नरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । अहिले वेपत्ताको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्