
सिन्धुली । सिन्धुलीमा विमानस्थल निर्माणका लागि प्रारम्भिक सर्भे गर्ने काम सकिएको छ ।
कमलामाई नगरपालिकाको सिस्नेरी वागमारामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन्का लागि प्रारम्भिक सर्भे सकिएसँगै झण्डै एक दशकपछि विमानस्थल बन्ने सम्भावना बढेको छ ।
विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्यान प्राधिकरणले पहिलो चरणको सम्भाव्यता अध्ययन पूरा गरेपछि विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्ने देखिएको हो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल निर्माणका लागि पहिलो चरणको अध्ययन तथा प्राविधिक रुपमा डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार गर्ने कार्य एक वर्षभित्र पूरा गर्ने जनाएको छ ।
कमलामाई नगरपालिका ८ को करकरे र सिस्नेरीको बीचमा पर्ने कल्याणी मन्दिर नजिकै १ हजार ४ सय ४२ रोपनी १३ आना २ पैसा १ दामको ७ लाख ३४ हजार ३८ स्क्वायर मिटर क्षेत्रफलमा विमानस्थान निर्माणका लागि डीपीआर तयार पारिने जनाइएको छ ।
वातावरण प्रभाव मुल्यांकन (इआइए) गरेर विमानस्थलको निर्माण कार्य सुरु गर्नका लागि इआइए रिपोर्टपछि निर्माण गर्ने गरी १३ प्रतिशत भ्याट, १० प्रतिशत कन्टेन्जेन्सीसहित कुल ९३ करोड ९२ लाख ७८ हजार ३ सय ९८ रुपैया ३५ पैसा विमानस्थल निर्माणको लागत लाग्ने स्टिमेटमा उल्लेख गरिएकोे छ ।
प्रतिक्रिया दिनुहोस्