Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


स्पेनिस लिग फुटबलमा बार्सिलोना रोकियो


65
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र इस्पानियोलले २–२ गोलको बराबरी खेलेका छन् ।

गएराति इस्पानियोलको मैदानमा भएको तनावपूर्ण खेलको इन्जुरी समयमा लुक डे योङले बार्साको लागि बराबरी गोल गरेका हुन् । खेलमा बार्साका पेड्रीले पहिलो गोल गरेपनि इस्पानियोलका सर्जी डार्डर र राउल डे टोमसले एक एक गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए ।

इन्जुरी समयको छैटौं मिनेटमा डे योङले बार्साको लागि बराबरी गोल गर्दै एक अंक जोड्न सफल भए । ला लिगाकै अन्य खेलहरुमा आलाभेजले भ्यालेन्सीयालाई २–१ ले हराउँदा रियाल बेटिसले लेभान्तेलाई ४–२ ले तथा रियाल सोसीडाडले ग्रानाडालाई २–० ले हराएका छन् ।ला लिगामा गएरातिका खेलहरुपछि २४ खेलबाट ५४ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा छ ।

समान खेलबाट ५० अंक जोडेको सेभिया दोस्रो स्थानमा रहँदा ४३ अंकसहित रियाल बेटिस तेस्रो तथा ३९ अंक जोडेको बार्सिलोना चौथो स्थानमा रहेको छ ।

Skip This