म्याग्दीको रघुगङ्गा गाउँपालिकामा प्रहरी पोष्ट स्थापना « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


म्याग्दीको रघुगङ्गा गाउँपालिकामा प्रहरी पोष्ट स्थापना


78
Shares

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ ।

भौगोलिक रूपले दुर्गम र विकट रघुगङ्गाको वडा नम्बर–७ चिमखोला र वडा नम्बर– ८ कुइनेमङ्गलेको सुरक्षाका लागि पाँच प्रहरी रहने गरी प्रहरी पोष्ट स्थापना भएको हो ।

प्रहरी पोष्टको उद्घाटन शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले गर्नुभयो ।

शान्ति सुरक्षाका लागि स्थानीय र गाउँपालिकाको मागअनुसार प्रहरी पोष्ट स्थापना गरिएको जनाइएको छ ।

यसअघि चिमखोला र कुइनेमङ्गलेमा छिमेकी वडा पाखापानीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी पुग्नु पर्ने बाध्यता थियो । पोष्ट स्थापनापछि विपद् व्यवस्थापनका साथै धवलागिरि सेञ्चुरी र आइसफल पदमार्गको सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।