२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ग्याल्पो ल्होसार पर्व मनाइँदै, राष्ट्रपति भण्डारीले दिइन शुभकामना


0
Shares

काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरेर मनाउँदै छन् ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ल्होसार मनाउने गरेका हुन् ।

आज(सोमबार) शेर्पा समुदायले नयाँ वर्षको रुपमा २१४७औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष सुरु हुने बताइएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी मनाइन्छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको उपलक्षमा शुभकामना वयक्त गरेकी छन् ।

ल्होसार पर्व नेपाली संस्कृतिकै एक महत्वपूर्ण अंग भएको उल्लेख गर्दै उनले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन् ।