Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सभापति देउवाविरुद्ध मुद्दा हालेर अधिनायकबाद लाद्ने तयारी हुँदैछ: नेता दहित


0
Shares

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता गोपाल दहितले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि सरकारले मुद्दा हाल्ने तयारी गरिरहेको सूचना पाएको बताएका छन् ।

निकट भविष्यमा नेकपा सरकारले सभापति देउवाविरुद्ध पनि मुद्दा हालेर कम्युनिष्ट अधिनायकवाद लाद्न खोजिरहेको विशेष शुत्रबाट थाहा पाएको उनले बताए ।

नेपाली कांग्रेस ठाकुरबाबा नगरसमिति, बर्दियाको प्रथम नगर सम्मेलनमा बोल्दै पूर्वमन्त्री दहितले कांग्रेस उपसभापति विजयकुमार गच्छादारमाथि सुनियोजित रुपमा मुद्दा हालेपछि अब पार्टी सभापतिविरुद्ध नै मुद्दा हाल्ने तयारी भइरहेको आफूले गोप्य सूचना पाएको बताए ।

उनले दुई तिहाइ सरकारले राज्यका विभिन्न निकायहरुको प्रयोग गर्दै नेपाली कांग्रेसका नेताहरुमाथि विभिन्न लाल्छना र आरोपहरु लगाइ पूर्वाग्रहका आधारमा आक्रमण सुरु गरेको पनि उनले बताए ।

यसका विरुद्ध कांग्रेसले कानुनी लडाई लड्नुपर्ने दिन आएको उनले बनाए । कम्युनिष्ट अधिनायकवादविरुद्ध लोकतन्त्रको प्रवद्र्धनका लागि कांग्रेसले नयाँ अभियान थाल्नुपर्ने उनले बताए ।