हेटौंडा । गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको दाबी गरेका छन् ।
वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज हेटौंडामा सम्बोधन गर्दै उनले शान्ति सुरक्षा सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको बताए ।
गृहमन्त्री थापाले अब सरकारको ध्यान विकास र पूर्वाधार निर्माणमा पूर्ण रूपमा केन्द्रीत हुने उल्लेख गरे ।
नेपालको कालापानी क्षेत्रको भूभाग फिर्ता ल्याउन भारतसँग कूटनीतिक प्रयास गरिरहेको उनको भनाइ थियो ।
मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिएको जानकारी दिए ।
गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
दुई दिने गोष्ठीमा प्रदेशको १३ वटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागितामा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्