Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


हेल्प नेपालले बनाइदियो चारकोठे पक्की विद्यालय भवन


0
Shares

सिन्धुपाल्चोक । भुकम्पमा क्षतिग्रस्त भएको पञ्चकन्या आधारभूत विद्यालयको पुननिर्माण पछि हस्तान्तरण गरिएको छ ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिका ९ चाम्खुमा रहेको विद्यालय गत शुक्रबार हस्तान्तरण गरिएको हो ।

 हेल्प नेपाल (हेलम्बु एजुकेसन लाइभ्लीहुड) र मोनो फाउण्डेसनको ७६ लाख ८४ हजार २८५ सहयोगमा विद्यालय पुर्ननिर्माण गरेको हेल्प नेपालका अध्यक्ष जिम्मी लामाले जानकारी दिए ।

हेल्प नेपालले पाँच कोठाको चिटिक्क परेको भवन सहित ट्वाइलेट, फर्निचरसमेत बनाइदिएको छ ।

उक्त अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै ब्याग पनि वितरण गरिएको हेल्प नेपालका अध्यक्ष लामाले बताए ।

विद्यालय पुर्ननिर्माण ‘र्‍याम्ड अर्थ’ मार्फत गरिएको हो । जसमा रातो माटो, सेतो माटो, बालुवा, गिट्टी र सिमेन्टको प्रयोग गरिएको हुन्छ ।

प्राविधिकका अनुसार ‘र्‍याम्ड अर्थ’ प्रविधिबाट बनेको विद्यालय बलियो हुन्छ । विद्यालयमा जम्मा ७६ जना विद्यार्थी छन् ।

विद्यालय पुर्ननिर्माण गर्दा ७६ लाख नै खर्च भएकाले एक विद्यार्थी बराबर एक लाख लगानी भएको छ ।

सो अवसरमा मोन्टो फाउण्डेशनकी अन्ना ब्रेनको पनि उपस्थिति थियो ।

हेल्प नेपालले सिन्धुपाल्चोक लगायत देशका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण, विद्यार्थीलाई आर्थिक सहयोग, विद्यालय निर्माणको काम गर्दै आएको छ ।