काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन् ।
गैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा भएको कार्यक्रममा उनले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताए ।
नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उनले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई आग्रह गरे ।
गैरआवासीय नेपालीहरुको सामाजिक, सांस्कृतिक र आर्थिकसहितको अधिकारसम्बन्धी कानून बनेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले संसदमा विचाराधीन नागरिक विधेयक पनि छिट्टै पास हुन्छ भने ।
विधेयक गैरआवासीय नेपालीका पक्षमा सकारात्मक भएको उनको भनाई थियो । परराष्ट्रमन्त्री ज्ञवाली जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औंँ उच्चस्तरीय बैठकमा भाग लिंदै छन् ।









प्रतिक्रिया दिनुहोस्