कञ्चनपुर । मझगाउँमा झण्डै दुई दशकदेखि बन्द अवस्थामा रहेको विमानस्थलको बाहिरी घेरबारको काम शुरु गरिएको छ ।
विमानस्थल वरिपरिको करिब १५ सय ३६ मिटर क्षेत्रफलमा तारजालीले घेरबार लगाइने भीमदत्त नगरपालिले जनाएको छ ।
सांसद विकास कोष र भीमदत्त नगरपालिकाको सहयोगमा ४२ लाख ४० हजार लागतमा आगामी वैशाखभित्र काम सम्पन्न गर्ने गरी पदम कन्ट्रक्सनसंग सम्झौता भएको छ ।
गौचरणमा परिणत भइरहेको विमानस्थल सञ्चालनका लागि घेरबारको काम सुरु भएसँगै स्थानीय खुशी भएका छन् ।
पछिल्लो समय विमानस्थल सञ्चालनका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको प्राविधिक टोलीले मझगाउँ विमानस्थलको निरीक्षण गरी संचालनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने जनाएको थियो ।









प्रतिक्रिया दिनुहोस्