Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


सेक्युरिटी प्रेस खरिद प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्छ : गुरुङ


0
Shares

काठमाडौं, फागुन १० । सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा दोषी ठहरिए कानुनी सजायको भागेदारी बन्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा नेता गुरुङले प्रेस खरिद प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने प्रष्ट पारे ।

यो प्रकरणको निरुपण अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै हुनुपर्ने भन्दै उनले सरकार भ्रष्टाचारमुक्त अभियानमा दृढ छ भन्दै सरकारको बचाउ गरे ।

माग

राप्रपा संयुक्तका नेता डा. प्रकाशचन्द्र लोहनीले सेक्यिुरिटी प्रेस खरिद प्रकरणको संसदीय समितिले विस्तृत छानबिन गर्नुपर्ने बताए ।

‘कमिसन’का लागि भएको ‘बार्गेनिङ’को ‘टेप’ पाएर पनि प्रधानमन्त्री केपी शर्मा ओली दुई महिनादेखि किन गुपचुप बसेको ?’ भन्दै नेता लोहनीले यसबारे जनतालाई चित्तबुझ्दो जवाफ दिन माग गरे ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. लोहनीले ‘एमसीसी’का विषयमा उठेका उपसम्झौता सबै सार्वजनिक गर्न पनि माग गरे ।