नवलपुर, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनैपनि हालतमा पारित गराउनुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।
प्रेस संगठन नवलपुरले शनिबार रजहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले केही विषयलाई परिमार्जन गरेर भएपनि एमसीसी पारित गराउने बताएका हुन् ।
उनले एमसीसी धर्मको बाइबल नभएको भन्दै यसमा देखिएका विवादित विषयहरुलाई परिमार्जन गर्न सकिने हुँदा एमसीसी कुनै हालतमा पनि पारित गर्ने ठोकुवा गरे ।
एमसीसी विषयमा गहिरो अध्ययन गर्न कार्यदलसमेत बनाएको हुँदा एमसीसीको विषयमा आत्तिनुपर्ने अवस्था नभएको उनले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्