२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


प्रधानमन्त्रीले दोहोरो चरित्र देखाए : कांग्रेस


0
Shares

काठमाडौं, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया दुर्घटनामा परेको ठहर नेपाली कांग्रेसले गरेको छ ।

मंगलबार ललितपुर, सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारीविपरीत दोहोरो भूमिका निर्वाह गरेर ओलीले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नियुक्ति प्रक्रिया दुर्घटनामा पारेको ठहर गरेको हो ।

बैठकले संवैधानिक परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले नै न्यायाधीश पदका लागि जोशीलाई सर्वसम्मतरुपमा सिफारिस गरेको र संसदीय सुनुवाइ विशेष समितिमा रहेका आफ्नै पार्टीका सदस्यहरुलाई सिफारिस अस्वीकृत गर्न निर्देशन दिएको दाबीसमेत गरेको छ ।

संवैधानिक अंगलाई पार्टीको ‘रबर स्ट्याम्प’ बनाउनका लागि त्यस्तो गरिएको आरोप पनि कांग्रेसको छ ।

बैठकले कार्यकारिणीको अतिक्रमण र हस्तक्षेपलाई रोक्न, संवैधानिक सर्वोच्चता तथा न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको रक्षा गर्न कांग्रेस गम्भीर भएर क्रियाशील रहनेसमेत निर्णय गरेको छ ।