Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


हाँडीगाउँका सम्पदा संरक्षणका लागि सरसफाई


0
Shares

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा सम्पदा संरक्षण अभियान अन्तर्गत मन्दिरहरुको सरसफाई गरिएको छ ।

सम्पदाको संरक्षण र सम्बद्धन गरौ भन्ने नाराका साथ अभियानकर्मी र स्थानीयले भैरव, कृष्ण, सरस्वती, सत्यनारायणलगायतका मठ, मन्दिर र शक्तिपिठहरुको सफाई गरेका हुन् ।

सरसफाई र सम्बद्र्धन नहुँदा सम्पदाहरु जीर्ण र कुरुप बन्दै गएकाले अभियान शुरु गरेको अभियानकर्मीहरुले बताएका छन् ।

अभियानका संयोजक राजु श्रेष्ठले आठौं हप्तामा रहेको अभियानलाई दे व्यापी बनाईने योजना रहेको बताए ।

काठमाडौ महानगरपालिका वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले सम्पदाको अवलोकन र धार्मिक दृष्टिकोणले आउने पर्यटकलाई पनि सम्पदा सरसफाइबाट आकर्षित गर्न सकिने भएकाले अभियान सकारात्मक रहेको बताए ।

अभियानलाई निरन्तरता दिन प्रत्येक शनिबार काठमाडौका विभिन्न सम्पदाहरुको सरसफाइ गरिने जनाइएको छ ।