१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


लाङटाङ राष्ट्रिय निकुञ्जले ‘महाहन्ट अप्रेशन’ सुरु


0
Shares

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले ‘महाहन्ट अप्रेशन’ सुरु गरेको छ ।

हिउँदको समयमा वन्यजन्तु तथा वनस्पतिको चोरी शिकारी बढी हुने भएकाले आगामी चार महिनासम्म निकुञ्ज क्षेत्रमा अप्रेशन शुरु गरिएको हो ।

दुर्लभ वन्यजन्तु र वनस्पति संरक्षण गर्न अप्रेशन शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकसम्म फैलिएको निकुञ्जभित्र विशेष सुरक्षा फौजले निकुञ्जका कर्मचारी, सरोकारवाला निकायसँग समन्वय गरी विशेष सुरक्षा गर्नेछ ।

अभियानका क्रममा उच्च भुभागमा घुम्ती गस्ती, स्वीपिङ तथा क्यापिङ अप्रेसन, एम्बुस, आकस्मिक खानतलासीलगायतका कार्य गर्ने बताइएको छ ।

निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु हिउँ चितुवा,रेडपाण्डा र कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छ ।