Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


कांग्रेसका भ्रातृ संगठन निष्क्रियः महाधिवेशन अनिश्चित


455
Shares

काठमाडौं । आवधिक महाधिवेशन नहुँदा निष्क्रियप्रायः बनेका नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको केन्द्रीय समितिको म्याद थप गर्ने कि महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने भन्ने विषयमा पार्टीका पदाधिकारी छलफलमा जुटेका छन्।

पार्टीको बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूको नेतृत्वका विषयमा छलफल गर्ने अजेन्डा तयार गरेसँगै पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन्।

सभापति शेरबहादुर देउवाबाहेक अरु पदाधिकारी मंगलबार केन्द्रीय कार्यालय सानेपामा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई कसरी क्रियाशील बनाउने भन्ने विषयमा छलफलमा जुटे। उनीहरूले बुधबार सभापति देउवासहित फेरि छलफलमा बस्ने तयारी गरेका छन्।

पदाधिकारीले अहिलेकै अवस्थामा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई राख्दा आगामी निर्वाचनमा पार्टीलाई नकारात्मक असर पर्ने निष्कर्ष निकालेका छन्। वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने घोषणा भइसकेको र त्यसपछि पनि मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जुट्ने भएकाले तत्काल भ्रातृ तथा शुभेच्छुक संगठनको महाधिवेशन गर्न कठिन हुने कतिपय पदाधिकारीको बुझाइ छ।

नागरिक