Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


‘राजीनामाले मात्र हुँदैन, अख्तियारले छानबिन थालोस्’ (भिडियो)


52
Shares

रोमन आचार्य र लक्ष्मण डंगोल र विशाल तामाङ (इमेज)

काठमाडौं, फागुन ८ । सरकारको प्रवक्ता तथा विभागीय मन्त्रीको जिम्मेवारीमा रहँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘कमिसन’का लागि गरेको कुराकानीबारे अख्तियारले छानबिन थाल्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन लिने आसयसहितको संवाद विवादलगत्तै मन्त्री बाँस्कोटाले राजीनामा दिएपनि यो विषय मन्त्री पदको अख्तियारी दुरुपयोग हो ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग गरेको संवाद । जसले एकाएक मुलुकको राजनीतिमा अर्को तरंग सिर्जना गराएको छ ।

बाँस्कोटाको ‘अडियो’ सार्वजनिक भएपछि छलफलमा जुटेको नेकपा नेतृत्वले अन्ततः मन्त्री बाँस्कोटालाई पदत्याग गरेर अनुसन्धान प्रक्रियामा सघाउन निर्देशन दियो ।

१३औं सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला सकेर काठमाडौं फर्केलगत्तै बाँस्कोटाको राजीनामा आयो ।

यो समाचार सार्वजनिक भएलगत्तै विज्ञहरुले तत्काल पद तथा शक्तिको दुरुपयोग गरी राष्ट्रलाई हानि–नोक्सानी पुर्‍याउन खोजेको विषयमा अनुसन्धान थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् ।

मन्त्री बाँस्कोटाको कमिसन ‘बार्गेनिङ’को अडियो सार्वजनिक गर्ने हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीले आफूले विश्वस्त स्रोतबाट अडियोसहितको समाचार प्राप्त गरेपछि पत्रकारिताको धर्मअनुसार सार्वजनिक गरेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले कमिसन ‘डिल’ गरेको ‘अडियो टेप’ सार्वजनिक भएपछि यो आरोप पुष्टि गर्न चुनौती दिँदै पदत्याग गरेपछि अब यो विषय अख्तियार दुरुपयोग तथा पद दुरुपयोगका विषयमा छानबिन गर्ने निकायतिरै तेर्सिएको छ ।

यसअघि, २०६७ साल भदौमा तत्कालीन माओवादीको विदेश विभाग हेर्ने नेता कृष्णबहादुर महराले एकजना चिनियाँ अधिकारीसँग सरकार गिराउने र टिकाउने खेलमा प्रत्येक सभासदका लागि एक करोड रुपैयाँका दरले ५० जनाका लागि ५० करोड रुपैयाँ मागेको अडियो संवाद सार्वजनिक भएपनि तत्काल थुमथुम्याइएको थियो ।

भिडियो हेर्नुहोस्