Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


एमसीसीको विषय जनमत संग्रह गरेर टुंगो लगाऔं : सांसद किराती


325
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले एमसीसीको विषयमा जनमत संग्रह गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद किरातीले जनमत संग्रह गरेर एमसीसी अनुमोदन गर्ने वा नगर्ने टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

एमसीसीले मुलुकको राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न पनि सरकार र विभिन्न पार्टीका नेताहरूलाई उहाँले सचेत गराउनुभयो ।

‘एमसीसी राष्ट्रिय स्वाधिनतासँगको प्रश्न हो, यो राष्ट्रको असुरक्षा र सुरक्षा रणनीतिसँग जोडिएको विषय हो,’ उहाँले भन्नुभयो, ‘यो गम्भीर विषय भएकाले जनमत संग्रहमा लगेर टुंगो लगाऔं ।’

सांसद किरातीले एमालेतर्फ संकेत गर्दै एमसीसीजस्तो विषयमा बोल्न पनि नसक्ने राजनीतिक दलहरू रहेको भन्दै आपत्ति जनाउनुभयो ।