तनहुँ, फागुन ८ । तनहुँको दमौलीमा आयोजना गरिएको प्रथम व्यास नगरस्तरीय बहुजातीय लोक साँस्कृतिक महोत्सव सम्पन्न भएको छ ।
२५ भन्दा बढी जातीय पहिचान झल्किने कला, संस्कृति, गीत–संगीत प्रस्तुत गर्दै महोत्सव बिहीबार सकिएको हो ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान तनहुँको आयोजना, व्यास नगरपालिकाको प्रायोजक तथा नेपाल आदिवासी जनजाति महासंघ तनहुँको सहयोगमा दमौलीमा दुई दिनसम्म महोत्सव आयोजना गरिएको हो ।
परम्परागत जातजातिको भाषा, संस्कृति संरक्षण गर्नुका साथै भ्रमण वर्ष २०२० लाई पनि सघाउ पुग्ने उद्देश्यले महोत्सव आयोजना गरेकोे राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान तनहुँले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्