Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


मन्त्री बाँस्कोटाले प्रयोग गरेको शब्दप्रति कर्मचारीको आक्रोश


0
Shares

काठमाडौं, फागुन ८ । ७० करोड रुपैयाँ कमिशन ‘सेटिङ’ गर्ने क्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कर्मचारीहरुप्रति अश्लील शब्द प्रयोग गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । 

७० करोड रुपैयाँ कमिशन ‘सेटिङ’ गर्ने क्रमको सार्वजनिक अडियोमा मन्त्री बाँस्कोटाले समग्र कर्मचारीतन्त्रलाई नै असर पर्ने अश्लील शब्द प्रयोग गरेको भन्दै विरोध जनाइएको हो । 

कमिशनका लागि ‘सेटिङ’ गर्ने क्रममा मन्त्री बाँस्कोटाले कर्मचारीलाई ‘मु*’ भन्दै अश्लील शब्द प्रयोग गरेका थिए । 

आफूहरुप्रति आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ)ले विरोध गरेको हो । 

बिहीबार एक विज्ञप्ति निकाली संघले मन्त्री बास्कोटाले आफ्नो पदीय मर्यादा नाघेर कर्मचारीलाई अश्लील शब्द प्रयोग गरेको जनाएको छ । 

(सुन्नुस् हाम्राकुरा डटकममा मन्त्री बाँस्कोटाले कमिशनका लागि सेटिङ गर्दै गरेको अडियो)