
काठमाडौँ । उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोरबिजोर प्रणाली हटाइएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम जोर–विजोर प्रणाली हटाएको हो ।
साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
तर १२ वर्ष पुरा नभएका विद्यार्थीहरुको हकमा भने स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार प्रशासन कार्यालयले सो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्