Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


साझाले माग्यो सञ्चारमन्त्रीको राजीनामा


0
Shares

काठमाडौं । साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेको छ ।

आज साझाका प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग दशौँ करोडको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएपछि त्यसको निश्पक्ष छानबिनका लागि तुरुन्त राजीनामा दिन भनिएको छ ।

आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताउँदै आएका प्रधानमन्त्रीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टीले प्रधानमन्त्रीसँग जोडदार माग गरेको छ ।