Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन: मन्त्री बाँस्कोटा


0
Shares

भीमदत्तनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।

“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेको अडियो सार्वजनिक भएको थियो ।

अडियोमा ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेको हाम्राकुरा डटकमले खबर लेखेको छ ।