Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


बलात्कारीलाई फाँसी दिनुपर्ने माग


0
Shares

काठमाडौं, साउन २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भगिनी संस्था राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।

देशमा बलात्कार तथा अपहरणका शृंखला बढेको भन्दै सो संगठनमा आवद्धहरुले मंगलबार र्‍यालीसहित माइतीघरमन्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी महिलाहरुले बलात्कारीलाई फाँसी दिनुपर्ने माग गरेका थिए ।

सोक्रममा संगठनकी नेत्री रोशन कार्कीले शान्ति–सुरक्षा कायम गर्न नसक्ने गृहमन्त्री थापाले राजीनामा दिनुपर्ने बताइन् ।