Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


प्रजातन्त्रको अवमूल्यन र इतिहासलाई अपव्याख्या गर्ने काम भयो : कमल थापा


0
Shares

हेटौंडा, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा प्रजातन्त्र आएको ७० वर्ष पूरा भएपनि अहिलेसम्म संस्थागत गर्ने धरातलसम्म बन्न नसकेको टिप्पणी गरेका छन् ।

राप्रपा मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको प्रजातन्त्र दिवसको कार्यक्रममा बोल्दै उनले २००७ सालको ऐतिहासिक क्रान्ति र राजनीतिक परिवर्तनपछि आएको प्रजातन्त्रको अवमूल्यन र इतिहासलाई अपव्याख्या गर्ने काम भइरहेको बताए ।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह तथा राष्ट्रपिता त्रिभुवनलाई अहिलेका परिवर्तनकारी भनिएका दलहरूले एक शब्द पनि श्रद्धाञ्जलि नदिनु दुःखद भएको टिप्पणी गरे ।

राजा र राजसंस्थासँग गाँसिएको इतिहासलाई अवमूल्यन र उपेक्षा गर्ने हो भने गणतन्त्रवादीहरुले इतिहास निर्माण गर्न नसक्ने उनको तर्क छ ।