Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


काभ्रेपलाञ्चोक साक्षर जिल्ला घोषित


0
Shares

काभ्रे, फागुन ७ । काभ्रेपलाञ्चोकलाई साक्षर जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भइसकेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले बुधबार साक्षर जिल्ला घोषणा गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले देशका ५२औं जिल्लाका रुपमा काभ्रेपलाञ्चोकलाई साक्षर जिल्ला घोषणा गरे ।

समितिकाअनुसार जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९६.४८ प्रतिशत जनसंख्या साक्षर भएका छन् । जसमध्ये एक लाख ९६ हजार १७४ पुरुष र एक लाख ७७ हजार ५५४ महिला साक्षर भएका छन् ।

२०६८ सालको जनगणनाअनुसार जिल्लामा तीन लाख ७३ हजार ७२८ जनसंख्या रहेको छ ।

विभिन्न दस्तावेजमा जनाइएअनुसार नेपालमा २००४ सालमा आधार शिक्षाको थालनीसँगै लेख्य साक्षरता शिक्षाको औपचारिक प्रारम्भ भएको थियो ।