Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


गोरखा जाँदै गरेको जिप दुर्घटना, १० जना घाइते, तीन गम्भीर


0
Shares

नवराज छत्कुली (इमेज) 

धादिङ, साउन २२ । धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५, बेनिघाटमा एक बोलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बेनिघाटबाट गोरखातर्फ जाँदै गरेको बा१३च ७७०१ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

गोरखाको गन्डकी गाउँपालिका–५ की ३५ वर्षीया मधु पन्थ, ४५ वर्षीया एकमाया थापामगर र ४५ वर्षीया बेनिमाया श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइतेहरुलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।

अरु ७ जना घाइतेहरुको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा गोरखाको गन्डकी गाउँपालिकाका ३५ वर्षीया सीता श्रेष्ठ, ३१ वर्षीया निरमाया पुलामी, १४ वर्षीया सीता थापा, ४५ वर्षीया गीता बिक,  ५० वर्षीया हेममाया थापा, जिपका चालक गन्डकी गाउँपालिका–५ का २० वर्षीया बिपन गुरुङ र धादिङको ज्वालामुखी गाउँपालिकाका १७ वर्षीय अजित सिंहमगर घाइते भएका छन् ।

जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । ‘ब्रेकफेल’ भएर दुर्घटना भएको बताइएको छ ।

Skip This