Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


काँग्रेस सभापति देउवाले भने, ‘सरकारले दुई वर्षमा दुई वटा राम्रो काम पनि गरेन’


0
Shares

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुई वर्षमा दुई वटा पनि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

विराटनगर विमानस्थलमा हिजो साँझ सभापति देउवाले सरकारले दाबी गरेजस्तो उल्लेखनीय ढंगमा काम गर्न नसकेकको बताए । उनले नेकपाको सरकारले दुई वर्षमा दुईवटा पनि राम्रो काम नगरेको आरोपसमेत लगाए ।

अर्को एक प्रसंगमा सभापति देउवाले ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अन्याय गरिएको र काँग्रेसले यसको प्रतिवाद गरिरहने बताउ ।

उनले संवैधानिक आयोगले गर्ने काम सधै निष्पक्ष हुनुपर्नेमा पनि जोड दिए ।