२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


सर्पले डस्यो, झारफूक गर्दागर्दै किशोरीको मृत्यु


0
Shares

वीरेन्द्रनगर, साउन २२ । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ ।

पञ्चपुरी नगरपालिका–१०, जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा मंगलबार बिहान मृत्यु भएको हो ।

जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आएकी हरिकलालाई सर्पले डसेपछि झारफूक गर्दागर्दै मृत्यु भएको हो ।

बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफूकमै बढी ध्यान दिँदा ८ बजे मृत्यु भएको पञ्चपुरी नगरपालिका–१० का वडासदस्य नैनसिंह विकले जानकारी दिए ।

बाढीपीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकलालाई बिहान शौचालय गएको बेला सर्पले डसेको थियो ।

उनी स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा–८ मा अध्ययनरत् थिइन् । रासस