२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


बागमतीमा रासायनिक मल कारखाना खोल्ने


52
Shares

काठमाडौं, माघ १९ । बागमती सरकारले रासायनिक मल कारखाना सञ्चालन गर्ने भएको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेशका ३ मा मल कारखाना खोल्ने निर्णय गरेको हो ।

प्रदेशमा तीनवटा रासायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो ।

बाली लगाउने समयमा रासायनिक मल अभावका कारण किसानले भोग्दै आएको समस्याको समाधानका लागि प्रदेश सरकारले कारखाना स्थापनाको प्रक्रिया अघि बढाएको हो ।

मल अभावको समस्याको समाधान गर्न बागमती सरकारले मध्यम वर्गका तीनवटा मल कारखाना स्थापना गर्ने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण खनालले जानकारी गराउनुभयो ।