Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


डीएनए परीक्षणबाट जनावरको क्षेत्र छुट्याउन सम्भव


0
Shares

ललितपुर, साउन २२ । जनावरको शरीरको कुनैपनि अंगका आधारमा त्यो कुन क्षेत्रको जनावर हो, अब सजिलै छुट्याउन सकिने भएको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गत वर्षबाट जनावरको डीएनए परीक्षण सुरु गरेपछि कुन जनावरको अंग हो ? भन्नेमात्रै होइन, कहाँको जनावर हो ? भन्नेसमेत छुट्याउन सकिने भएकोे जनाएको छ ।

जनावर कुन क्षेत्रकोे छुट्याउन सक्दा आन्तरिक चोरी हो वा अन्तर्राष्ट्रिय चोरी भन्ने छुट्टिने प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले बताए ।

उनले भने–‘यसले गर्दा जनावरको चोरी–सिकारी गर्नेलाई कारबाही गर्न सहयोग पुग्नेछ ।’

जनावरको डीएनए परीक्षणका लागि मुद्दा आउनेक्रम बढेको छ ।

प्रयोगशालामा केही समयपहिले एउटा हात्तीको पुच्छर परीक्षणका लागि आएको थियो । पुच्छर एसियाको हात्तीको भएको परीक्षणपछि पत्ता लाग्यो ।

प्रयोगशालामा जनावरका विभिन्न अंग परीक्षणका लागि आइरहेका छन् ।

उनी भन्छन्–‘पहिले हामी कुन जनावरको अंग हो भन्नेमामात्रै केन्द्रित थियौं भने अहिले कुन क्षेत्रको भन्ने पनि हेर्छौं ।’

छिमेकी मुलुकका जनावरका कतिपय गुण मिल्ने हुनाले कुन क्षेत्रको हो भन्ने नछुट्टिने उनले बताए ।

उनले भने–‘नेपाल र भारतमा पाइने हात्ती झन्डै उस्तै हुनाले छुट्याउन गाह्रो छ । तेस्रो मुलुकको जनावर भने सजिलै छुटिन्छ ।’

प्रयोगशालामा अर्थिक वर्ष २०७३/७४ बाट वन्यजन्तुको डीएनए परीक्षण सुरु भएको हो ।

पहिलो वर्षमा विभिन्न निकायबाट ५८ ओटा मुद्दाका ३०२ ओटा नमुना परीक्षणका लागि आएका थिए ।

प्रयोगशालामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, जिल्ला वन कार्यालय, निकुञ्ज, सैनिक गणलगायतका स्थानबाट जनावरको परीक्षण गर्न मुद्दा आइरहेका छन् । रासस

Skip This