
काठमाडौं, फागुन ५ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेपछि मन्त्रालयमा उनले पदभार ग्रहण गरेकी हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको आवश्यताअनुसार आफू मन्त्री बनेको बताइन् ।
यसअघि, सोमबार दिउँसो तुम्बाहाङ्फेले शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।
उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्री नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्