१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


औबामायङ्ग बार्सिलोनामा अनुबन्ध


247
Shares

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले अफ्रिकी मलुक गाबोनका स्ट्राइकर पिएरे एम्रिक औबामायङ्गलाई क्लबमा भित्र्याएको छ ।

यसअघि इंग्लिस फुटबल क्लब आर्सनलबाट खेल्दै आएका औबामायङ्ग गत डिसेम्बरमा अनुशासनको कारबाहीमा परेका थिए । त्यस यता उनले कुनैपनि खेल खेलेका छैनन् ।

सोही क्रममा आर्सनलले उनको कप्तानी समेत खोसेको थियो । आर्सनलबाट औबामयाङ्गले प्रिमियर लिगको एक सय २८ खेलमा ६८ गोल गरेका छन् ।

युरोपेली फुटबल बजारमा जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिन केही ठूला ट्रान्सफर भएका छन् । हालै फ्राङ्क लाम्पार्डलाई प्रशिक्षक बनाएको एभर्टनले टोटनह्याम हट्सपरका खेलाडी डेले अलीलाई टोलीमा भित्र्याएको छ ।

यसैगरी, युरोकप फुटबलको क्रममा हृदयघात भएका डेनमार्कका खेलाडी क्रिश्चियन एरिक्सन इंग्लिस क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भएका छन् । उनी झण्डै दुई वर्षदेखि उपचार गराईरहेका थिए ।