Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


समाजवादी–राजपा एकीकरण अनिश्चित


0
Shares

रोमन आचार्य र योगेश लामा (इमेज)

काठमाडौं, फागुन ५ । सत्ताको मोलमोलाइका कारण मधेसकेन्द्रित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको एकीकरण तुहिने सम्भावना बढेको छ ।

सरकार छोडेपछि समाजवादी पार्टीसँग एकीकरण गर्ने सर्त राखेको राजपा अहिले एकीकरणलाई पन्छाएर केपी ओली नेतृत्वको सरकारमा सामेल हुने बाटो खोजिरहेको छ ।

पार्टी एकीकरणका लागि राजपाले राखेको प्रमुख सर्त समाजवादी पार्टीले सरकार छोडोस् भन्ने हो । उपेन्द्र यादवको नेतृत्वमा सरकारमा रहेको समाजवादीले केपी ओली नेतृत्वको सरकार छोडेको दुई महिना भयो ।

सर्त पूरा हुँदासमेत राजपाले एकीकरणको हात अगाडि बढाएको छैन । त्यसयता दुई पार्टीबीच छलफलसमेत हुन छोडेको छ ।

फरक स्वार्थ, धार, धारणा र धरातलका दुई दलबीच एकता असम्भव देख्छन्, मधेस राजनीतिका जानकार डा. राजेश अहिराज ।

राजपा महासचिव केशव झाचाहिँ एकताका धेरै विषय टुंगिन बाँकी रहेको बताउँछन् ।

राष्ट्रियसभा निर्वाचनमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग गठबन्धन गर्दै नेकपा नेतृत्वको सरकारमा जाने राजपाको भित्री तयारीले एकीकरण अनिश्चित बनेको बुझ्न गाह्रो छैन ।

एकीकरणको चर्चाचाहिँ नसेलाएको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीको भनाइ छ ।

राजपा र समाजवादी पार्टीबीचको एकता लुकामारी खेलजस्तै बनेको छ । सत्तामोहका कारण मधेसवादी दलहरु पटक–पटक फुट्ने र जुट्ने गर्दछन् ।

संविधान संशोधनको माग दुवै दलको हो । तर, ती माग पूरा गराउन एक हुनुको साटो पार्टी एकीकरण टार्दै लानुमा दुवै दलका नेताहरुमा रहेको सत्तामोह नै प्रमुख कारण रहेको बुझ्न गाह्रो छैन ।

भिडियो हेर्नुहोस्