Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित


0
Shares

काठमाडौं, फागुन ५ । राष्ट्रियसभाको बैठकले राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्याय र पहिलो संविधानसभाका सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको बैठकले राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

क्यान्सर रोगबाट पीडित उपाध्यायको ५० वर्षको उमेरमा रुपन्देहीको साँस्कृतिक नगरपालिका वडा नम्बर–१० स्थित आफ्नै निवासमा गत शुक्रबार निधन भएको थियो ।

उपाध्याय २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए ।

उपाध्यायलाई चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो ।

राष्ट्रियसभाको सोमबारको बैठक शोक प्रस्ताव पारित गर्दै मौनधारण गरेपछि मंगलबार (भोलि) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।