काठमाडौं, फागुन ५ । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो । बलात्कारको आरोप पुष्टि नभएको अदालतले ठहर गरेको छ ।
पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद सचिवालयकी कर्मचारीले अदालतसमक्ष भने महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन् ।
श्रेष्ठका अनुसार औठाछापलगायत फरेन्सिक जाँचको रिपोर्टबाट पनि महरा उक्त घटनामा संलग्न नभएको देखिएकाले सफाइ पाएका हुन् ।
जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिने फैसला गरेको हो ।
संघीय संसद सचिवालयमा कार्यरत् कर्मचारी रोशनी शाहीले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि महराले बलात्कार प्रयासको मुद्दा खेपिरहेका थिए ।
यसअघि, जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
१२ असोजको साँझ संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेपछि महराले सभामुख पदबाट राजिनामा दिनु परेको थियो ।









प्रतिक्रिया दिनुहोस्