काठमाडौं । आज देशको पूर्वी र मध्य पहाडी भू–भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी र मध्य पहाडी भू–भागका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । बाँकी भागको मौसम आंशिक बदली रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०५ गते (सोमबार)
दिउासोः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन ०६ गते (मंगलबार)
दिउँसोः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन ०७ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।









प्रतिक्रिया दिनुहोस्