झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक जग्गा आफ्नो नाममा बनाउन ठूला ठग सक्रिय रहेको भन्दै उनीहरुविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
आइतबार झापाको दमकमा दमक–चिसापानी सडकको शिलन्यास समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीका नाममा सरकारी र सार्वजनिक जग्गा जाल झेल गरेर हड्प्ने छुट कसैलाई नभएको भन्दैे नियम विपरित कार्य गर्ने मन्त्रीदेखि जो सुकैलाई दण्ड गरिएर नै छाडिने बताए ।
प्रधानमन्त्री ओलीले सुकुम्बासीहरुलाई सरकारले जग्गा उपलब्ध गराउने समेत बताए । उनले सरकारले सबैको गाँस बासको जिम्मा लिने भन्दै जमिन बाँझो राखेर विकास र समृद्धि नहुने उल्लेख गरे ।
उनले आफनो हक अधिकारका नाममा अरुका हक अधिकारहरु वास्ता नगर्ने छाडातन्त्र लोकतन्त्र नहुने टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले आजै दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलको उद्घाटन र दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गरे ।









प्रतिक्रिया दिनुहोस्