Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


स्वास्थ्य मापदण्डको उल्लंघन : मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना


2.2k
Shares

काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले २५ जना भन्दा बढी भेला हुन निषेध गरेको छ ।तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाउनु भएको छ ।

यसरी सरकारले नै स्वास्थ्य मापदण्डको उल्लंघन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिनु भएको हो ।

उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजार भन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गर्नु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो।

तर, विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए। स्वयंवरपछिको भोजमा मुख्यमन्त्री लालबाबु राउत समेत सहभागी हुनु भएको हो ।

अन्नपूर्ण पोष्ट